बुटवलमा महिला संघले गर्यो तीज मिलन

1.3K

बुटवलमा महिला संघले गर्यो तीज मिलन

नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघको आयोजनामा बुटवलमा तीज मिलन कार्यक्रम गरिएको छ । नेपाल महिला संघ रुपन्देही क्षेत्र नं. २ को आयोजनामा सोमबार बुटवलमा जीत मिलन कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य गंगा शाहीले पार्टीमा रहेका दिदी बहिनी बिचमा आपसी सद्भाव र भाईचारा अभिबृद्धि गर्नको लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस्ता कार्यक्रमले पार्टीलाई बलियो पनि बनाउने बताउँदै समय समयमा यस्ता कार्यक्रम गरिरहनु पर्ने भनाई राख्नुभयो ।
त्यस्तैगरी नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिका उपसभापति भुवनप्रसाद श्रेष्ठले पार्टीलाई बलियो बनाउनु आजको आवश्यकता भएको बताउँदै त्यसमा महिला दिदी बहिनीको भूमिका महत्वपूर्ण हुने भनाई राख्नुभयो ।
महिला संघकी लक्ष्मी जोशीको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस नेतृ लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकाल, नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ का सभापति परशुराम ढकाल, नेपाली काँग्रेस बुटवल नगरसमितिका सभापति तथा बुटवलका मेयर खेलराज पाण्डेय, वडा सभापति केशरी पाण्डे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम काँग्रेस लुम्बिनी प्रदेश सदस्य सुमित्रा आचार्यकाे स्वागत तथा बुटवल नगर समितिकी सचिव गंगा पन्थीको सञ्चालनमा भएको थियो । कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको थियो ।