नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशन अन्तरगत मतदात सकिएको छ । सहमतिमा नेतृत्व चयन हुन नसकेपछि नेतृत्व चयनको लागि मंगलबार मतदान गरिएको थियो । मंगलबार बिहान ८ बजेदेखि भएको मतदान दिउँसो साढे २ बजे सकिएको निर्वाचित आयोगका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी गराउनु भएको छ ।
दिउँसो १ बजेसम्मका लागि मतदानको कार्यतालिका थियो । उहाँका अनुसार कुल १ हजार ४ मतदाता रहेको प्रदेश अधिवेशनमा ९६५ जनाले मतदात गरेका छन् । यहि भदौको १६ गतेदेखि भएको अधिवेशनमा नेतृत्वका लागि पाल्पाका राधाकृष्ण कंडेल र प्युठानका हरि रिजाल प्यानल सहित प्रतिस्पर्धा गर्नुभएको छ ।
अध्यक्षका उम्मेदवार कंडेललाई पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल र अर्का अध्यक्षका उम्मेदवार रिजाललाई महासचिव शंकर पोखरेलको समर्थन रहेको छ । १६ र १७ गते दुई दिनको लागि निर्धारण गरिएको प्रदेश अधिवेशन सहमतिको लामो प्रयासका वावजुध सहमति जुट्न नसकेपछि मंगलबार मात्रै मतदानमा गएको हो । अधिवेशनको उद्घाटनमा अध्यक्ष केपि ओलीले सहमतिमै नेतृत्व चयन गर्न निर्देशन गरेपनि नेतृत्वमा रहेका नेताहरु टसमस नहुँदा सहमति जुट्न नसकेको पार्टीका नेताहरु बताउँछन् ।
सचिव पदमा भने दाङका लक्ष्मण आचार्य निर्विरो निर्वाचित हुनु भएको छ । आचार्यलाई दुबै समुहले प्यानलमा राखेका थिए । एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, दुई उपसचिव तथा सदस्यहरु समेत गरी २०५ सदस्यीय प्रदेश कमिटिका लागि ३६० जना उम्मेदवार रहेका छन् । जसमा सचिव बाहेका सबै पदमा निर्वाचन भएको हो ।