एमाले लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कंडेल विजयी

38

एमाले लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कंडेल विजयी

एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल विजयी हुनुभएकाे छ । बुटवलमा सम्पन्न एमालेकाे प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट पाल्पाका कंडेल २ मतले विजयी हुनुभएकाे हाे ।
प्राप्त मतपरिणाम अनुसार अध्यक्षमा विजयी कंडेलले ४७९ मत प्राप्त गर्नुभएकाे छ । त्यस्तै अर्का प्रतिस्पर्धी प्युठानका हरी रिजालले ४७७ मत प्राप्त गर्नुभएकाे छ ।
विजयी कंडेललाई पार्टी उपाध्यक्ष विष्णु पाैडेल र रिजाललाई महासचिव शंकर पाेखरेलकाे साथ थियाे ।
दुबै समूह प्यानल सहित प्रतिस्पर्धामा थिए ।
उपाध्यक्ष पदमा पनि कंडेल प्यानलबाटै रुपन्देहीका भाेजप्रसाद श्रेष्ठ ४५५ मत सहित विजयी हुनुभएकाे छ । उपाध्यक्ष पदमा ४ जनाकाे प्रतिस्पर्धा थियाे ।
सचिव पदमा भने दाङका लक्षमण आचार्य निर्बिराेध निर्वाचित हुनु भएकाे छ । दुई उपसचिव मध्ये खुल्लामा ४१८ मत सहित राेल्पाका पुर्ण बुढा मगर र महिलाबाट ३५२ मत सहित बर्दियाकी लिला राना मगर निर्वाचित हुनु भएकाे छ ।