सैनामैनामा आज हास्यव्यङ्ग्य गाईजात्रा हुने

18

सैनामैनामा आज हास्यव्यङ्ग्य गाईजात्रा हुने

सैनामैना जेसिज मुर्गिया रुपन्देहीको आयोजनामा हास्यब्यङ्ग्य श्रृंखला गाईजात्रा २०८० हुने भएको छ । यही भदौ २३ गते सैनामैना २ स्थित बाबरी पार्टी प्यालेसमा हास्यब्यंग्य गाईजात्रा विशेष प्रस्तुती  २०८० हुने भएको हो ।
सैनामैना जेसिज वर्ष २०२३ का प्रेसिडेन्ट जेसी यदुनन्द भण्डारीले नेपाल का ख्यातिप्राप्त हास्य कलाकार मनोज गजुरेल को साथमा अन्य दिग्गज हास्यव्यङ्ग्य कलाकारको प्रस्तुति रहने कार्यक्रम साँझ ४ बजे देखि सुरु हुने उक्त कार्यक्रमको ९० प्रतिशत तयारी पूरा भएको जानकारी दिनु भयो ।
भण्डारीले पेशा र ब्यवसायबाट सधै  तनावमा रहने दैनिक जीवनशैलीलाई तनाववाट केही समयका लागि मुक्ती दिन र कहिलेकाँही हाँस्नुपनि स्वास्थ्यका लागि लाभदायक हुने भएकोले ख्यातिप्राप्त कलाकारसंग केही समयका लागि भएपनि सैनामैनाका स्थानीयलाई मनोरञ्जनको व्यवस्था मिलाएको बताउनु भयो ।
गाईजात्रा विशेष कार्यक्रमलाई रोचक बनाउन नेपालकै प्रसिद्ध हास्यब्यंग्य कलाकारहरु मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, टिका भण्डारी, सुवोध गौतम,  रुबिना अधिकारी, मेक्सम गौडेल, सुन्दर खनाल, प्रभात लामा र सिता न्यौपाने आउने आयोजक सैनामैना जेसिजले जनाएको छ ।  गाईजात्रा हेर्न आउने दर्शकलाई १००० को टिकट शुल्क राखिएको छ ।