पाल्पा—रिब्दीकोट १ ख्याहा रुपन्देही सम्पर्क समाजमा तीज मिलन

1.3K

पाल्पा—रिब्दीकोट १ ख्याहा रुपन्देही सम्पर्क समाजमा तीज मिलन

पाल्पा—रिब्दीकोट १ ख्याहा रुपन्देही सम्पर्क समाजले तीज मिलन कार्यक्रम गरेको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. १ ख्याहाबाट स्थायी तथा अस्थायी रुपमा रुपन्देहीमा आएर बसोबास गरेकाहरुको संस्था पाल्पा—रिब्दीकोट १ ख्याहा रुपन्देही सम्पर्क समाजले शनिबार बुटवलको हिलपार्कमा तीज मिलन तथा दरखाने कार्यक्रम गरेको हो ।
समाजकी सदस्य जेष्ठ नागरिक विनाकुमारी पाण्डेको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा परम्परागत रुपमा मौलिक तिजका गितहरु गाईएको थियो । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष जगदिश न्यौपानेले कला संस्कृतिको रक्षाको लागि मौलिक तीज मिलन तथा दरखाने कार्यक्रम गरिएको बताउनु भयो । उहाँले यस्ता कार्यक्रमले आपसी सद्भाव तथा भाईचारा समेत अभिबृद्धि गर्ने बताउँदै आगामी कार्यक्रममा पनि जतिसक्दो धेरै सहभागिताको लागि अनुरोध गर्नुभयो । उहाँले कार्यक्रममा भएको उल्लेखनीय सहभागिताले आफूहरुलाई थप हौसला प्रदान गरेको भनाई राख्नुभयो ।
कार्यक्रममा मेघराज न्यौपाने, उपाध्यक्ष बसन्त पराजुली, कार्यक्रम संयोजक विनिता न्यौपाने लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।