सिडेन लुम्बिनीले दाङ र बाँकेमा गर्यो स्थिर सम्पत्ति मुल्यांकन सम्बन्धि कार्यशाला

1.3K

सिडेन लुम्बिनीले दाङ र बाँकेमा गर्यो स्थिर सम्पत्ति मुल्यांकन सम्बन्धि कार्यशाला

सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन) लुम्बिनीले लुम्बिनी प्रदेशको दाङ र बाँके जिल्लामा स्थिर सम्पत्ति मुल्यांकन सम्बन्धि कार्यशाला गरेको छ ।
सिडेनले शुक्रबार दाङ र शनिबार बाँकेमा कार्यशाला गरेको हो । स्थिर (अचल) सम्पत्तिको मुल्यांकनमा अझै दक्ष बनाउनको लागि कार्यशाला महत्वपूर्ण हुने बताउँदै सिडेनका केन्द्रीय अध्यक्ष ईञ्जिनियर लक्ष्मण केसीले आगामी दिनमा पनि सम्बन्धित विषयमा यस्ता कार्यक्रम ल्याउने बताउनु भयो ।
सिडेन लुम्बिनी प्रदेश अध्यक्ष ईञ्जिनियर यादव नेपालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल भ्यालुयर्स लुम्बिनीका सहसचिव ईञ्जिनियर अमित खनालले विषयमाथि प्रकाश पार्नुभएको थियो ।
दाङ र बाँकेमा छुट्टा छुट्टै भएको यो प्रशिक्षण कार्यक्रममा सय बढी ईञ्जिनियरहरुको सहभागिता रहेको थियो ।