समाजसेवी तथा बुटवल उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेललाई सुदुर पश्चिम प्रदेशमा रहेको राष्ट्रिय लोक सांकृतिक प्रतिष्ठान नेपालले सम्मान गरेको छ ।
बुटवल उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष समेत रहनु भएका पौडेललाई विगत ४० वर्षदेखि समाज सेवाका विविध क्षेत्रबाट राष्ट्रलाई पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै कैलालीको अत्तरीयामा आयोजित विशेष कार्यक्रममा राष्ट्रिय लोक सांकृतिक प्रतिष्ठान नेपाल केन्द्रीय समिति सुदुरपश्चिम प्रदेश कैलालीले सम्मान गरेको हो ।
उहाँलाई शनिबार आयोजित गौरा तिज विशेष कार्यक्रममा प्रदेश प्रमुख देवराज जोशी, सामाजिक विकास मन्त्री झपटबहादुर साउँद, सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टी. एन. जोशी, संस्थाका अध्यक्ष लिलाधर बासकोटा, सचिव गोमा ढकाल भण्डारीले दोसल्ला ओढाएर सम्मान पत्र सहित अभिनन्दन गर्नुभएको थियो ।