एमाले उपाध्यक्ष नेम्वाङकाे निधन

1.3K

एमाले उपाध्यक्ष नेम्वाङकाे निधन

एमाले उपाध्यक्ष सुवास नेम्वाङकाे निधन भएकाे छ । प्रतिनिधि सभा सदस्य, संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख नेम्बाङको हृदयघातका कारण गए राती निधन भएकाे हाे ।
काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा निधन भएको अस्पताले जनाएकाे छ । अहिले उहाँको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालमा छ ।
राती शाैचालयमा वेहाेस अवस्थामा भेटिएका नेम्वाङलाई तत्कालै अस्पताल लगिएपनि अस्पताल पुर्याउदा निधन भईसकेकाे अस्पतालले जनाएकाे छ ।
उहाँको निधनको खबरपछि एमाले अध्यक्ष केपि ओली सहित नेताहरु शिक्षण अस्पताल पुगेका छन् । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल पनि अस्पताल पुग्नु भएकाे छ ।
इलाम २ बाट प्रतिनिधि सभामा निर्वाचित नेम्बाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष हुनुहुन्थ्याे । नेम्वाङको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ ।