सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने सरकारकाे निर्णय

1.3K

सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने सरकारकाे निर्णय

एमाले उपाध्यक्ष समेत रहनु भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । त्यस्तै उहाँको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने पनि सरकारले निर्णय गरेको छ ।
मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले नेम्वाङलाई राष्ट्रिय सम्मान निर्णय गरेको हाे ।
नेम्वाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिने छ । अन्त्येष्टिकाे दिन सार्वजनिक बिदा दिने निर्णय गरिएकाे हाे । यद्यपि अन्त्यष्टि कहिले गर्ने भन्ने टुंगाे लागेकाे छैन ।