आज हरितालिका तिज र विश्वकर्मा पुजा : धुमधामसंग मनाईँदै

1.3K

आज हरितालिका तिज र विश्वकर्मा पुजा : धुमधामसंग मनाईँदै

भदाै शुक्ल तृतीयाका दिन मनाईने हरितालिका (तिज) र आश्विन सक्रान्तिका दिन गरिने विश्वकर्मा पुजा आज मनाईदै छ । याे वर्ष आश्विन सक्रान्तिकाे दिन भदौ शुक्ल तृतीया पनि परेकाले एकसाथ मनाउन लागिएकाे हाे ।
हरितालिका तिजमा महादेवको पूजा आराधना गरी मनाइन्छ ।
भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
त्यस्तै आज कालीगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन् ।
कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो पर्व मनाउने गरिन्छ ।