आज संविधान दिवस । नेपालमा २०७२ असाेज ३ गते जननिर्वाचित प्रतिनिधिबाट बनेकाे नयाँ संविधान जारी भएपछि संविधान दिवस मनाउन सुरु गरिएकाे हाे ।
पहिलाे पटक संविधान सभाबाट २०७२ असाेज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले ‘नेपालको संविधान २०७२’ मा हस्ताक्षर गरी अनुमोदन गर्नुभएकाे थियाे ।
जनताकाे लामाे समयदेखिकाे आकांक्षा पूरा भएकाे खुसियालीमा याे दिवस मनाउदै आईएकाे छ । याे संविधान लागू भएकाे ८ वर्ष पूरा भईसकेकाे छ । यद्यपि संविधानमा भएका व्यवस्थाहरुकाे अझै राम्राेसंग कार्यान्वय हुन भने सकिरहेका छैनन् ।