आजदेखि नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । दिउँसो १ बजेदेखि सुरु हुने काँग्रेस केन्द्रीय समिति बैठकमा पोलिसी ह्याकाथन, बीपी साहित्य महोत्सव, साउन २० देखि ३० सम्मको संगठन सुदृढीकरणको समीक्षा गर्नुकाे साथै समसामयिक विषयमा छलफल हुने छ ।
पार्टी सचिवालयका अनुसार बैठकको मुख्य एजेन्डा महासमिति बैठकको तयारी रहेको छ । मंसिर १३ देखि १५ सम्म महासमिति बैठक बोलाइएको छ ।
केन्द्रीय कार्यसमितिको बैठकअघि बिहान एजेन्डाबारे थप छलफलका लागि पदाधिकारी बैठक बसेको छ ।