सजिलो सहकारीको साधारण सभा : उद्यमशिलता विकासमा विशेष जोड

114

सजिलो सहकारीको साधारण सभा : उद्यमशिलता विकासमा विशेष जोड

सजिलो बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका – ९ स्थित कालिकानगरमा प्रधान कार्यलय रहेको सहकारीको शनिबार बुटवल फुलबारीमा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सहकारीले उद्यमशिलतामा विशेष जोड दिनु पर्ने बताउनु भयो । साथै सहकारीले अब आर्थिक क्षेत्रमा विशेष जोड दिनु पर्ने उहाँको भनाई छ ।
संस्थाका अध्यक्ष रामराज पोख्रेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले शेयर सदस्यको हितमा लामो समयसम्म काम गर्दै आएको बताउनु भयो । अहिले केहि सहकारी सकटमा परे पनि आफुहरुको निरन्तर प्रयासले सजिलो सहकारी फाइदामै रहेको बताउनु भयो । स्थानीय स्तरमा स्थानीय नागरिकबाट सञ्चालन भएका सहकारीमा गरेको लगानी खेर नजाने उहाँले बताउनु भयो । बुटवलमा मात्रै कार्यक्षेत्र रहेकोमा अगामी दिनमा क्षेत्र बिस्तार गर्ने संस्थाको योजना रहेको अध्यक्ष पोखरेलले बताउनु भयो । सहकारीले बाल बचत र दैनिक बचत समेत गर्दै आएको छ ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष प्रदिपकुमार श्रेष्ठ, बुटवल उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख गुणाखर खनाल, बुटवल जेसीजका पुर्वअध्यक्ष तथा शेयर सदस्य गणेशचनद्र पोेखरेल, व्यवसायी तथा शेयर सदस्य गोपाल ज्ञवाली लगायतले भनाइ राख्नु भएको थियो ।
७५९ जना शेयर सदस्य रहेकोमा चालु आर्थिक वर्षमा ८ सय पुर्याउने लक्ष्य लिईएको छ । हाल सहकारीको कुल पुँजी ९ करोड ६२ लाख ३५ हजार ४३ रहेको छ । जसमा कर्जा लगानी ८ करोड १७ लाख ९८ हजार ९ सय ८ रहेको छ । निक्षेप तर्फ ७ करोड ५२ लाख ८१ हजार ४ सय ३२ रहेको छ । शेयर पुँजी तर्फ १ करोड १४ लाख ८१ हजार रहेको छ । साधारण सभामा जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।