सदुपयोग सहकारीमा शेयर सदस्य र कर्मचारिको  दुर्घटना विमा

108

सदुपयोग सहकारीमा शेयर सदस्य र कर्मचारिको  दुर्घटना विमा

रुपन्देहीको तिलोत्तमा नगरपालिका २ स्थित सदुपयोग बचत तथा ऋण सहकारी संस्थाले सम्पुर्ण सेयर सदस्य तथा कर्मचारीहरुको १ लाखको दुर्घटना  बिमा गरेको छ ।  सेयर सदस्य बृद्धि अभियानलाई प्राथमिकतामा राखेको सहकारी संस्थाले आर्थिक बर्ष २०७९/८० मा १५१ जना नयाँ सेयर सदस्य थप गरी सेयर सदस्य संख्या ७०८ पुर्याएको  छ ।

सहकारी संस्थाको शनिबार सम्पन्न १२ औं साधारण सभामा बार्षिक  प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष कमल अर्यालले यो आर्थिक वर्षमा सेयर सदस्य संख्या १ हजार पुर्याउने बताउनु भयाे । 

 यस्तै संस्थाले बचतलाई बर्गिकरण गरी नियमित,स्वेच्छिक र मुद्धति  खाता सञ्चालन गर्ने , महिला प्रसुति स्याहार खर्च बापत एक पटकलाई रु २ हजार प्रदान गर्ने र तिलोत्तमा नगरपालिका संग जोडिएका अन्य पालिकाहरुमा लगानी गर्न मिल्ने गरी कार्यविधि संसोधन गरिने लगायतका प्रस्ताब पारित गरिने अध्यक्ष अर्यालले बताउनु भयाे । 

कार्यक्रममा समाजसेवी प्राथमणि आर्चायले सहकारी सस्थाहरुले सेयर सदस्यहरुलाई बढि प्रतिफल दिने खालका कार्यक्रमहरु गर्नुपर्न बताउनु भयाे । आफुले बुझेका र स्थानियले सन्चालन गरेका सहकारी सस्थामा मात्र बचत जम्मा गर्न सुझाव दिनुभयाे ।

साधारण सभामा संस्थाका सल्लाहकार कल्याण पौडेल, खिमानन्द भट्टराई, ईश्वर शर्मा, उपाध्यक्ष नारायणी शर्मा अधिकारी, लेखा संयोजक मिना रेश्मी, संचालक सदस्य प्रेम नेपाली, सेयर सदस्य शान्ता थापालगायतले मन्तब्य व्यक्त गर्नु भएकाे थियाे । साधारण सभाले अध्यक्ष र कोषाध्यक्ष ढक बहादुर टण्डनको आर्थिक प्रतिवेदन पारित गरिएको सचिव प्रकाश चापागाईले बताउनुभयाे ।

सो अवसरमा सेयर सदस्य बृद्धि गर्ने सरस्वती बस्नेत, असल ऋणी अमृता टण्डन र एसईई ३.९२ जिपिए ल्याउने सम्झना बस्नेतलाई नगद सहित सम्मान गरिएको थियो ।