नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ काे सभापतिमा प्रजापाल गिरीले उम्मेदवारी घाेषणा गर्नुभएकाे छ । यहि असाेज २७ गते हुन लागेकाे पार्टीकाे उपचुनावमा संस्थापन समुहबाट बिहिबार बुटवलमा उम्मेद्वार घाेषणा सभाकाे आयाेजना गरी क्षेत्रीय सभापतिमा गिरीलाई अगाडि सारिएकाे जानकारी गराईएकाे हाे ।
क्षेत्रीय सभापति हरी लम्सालले पार्टीबाट राजिनामा दिएपछि सभापति पद रिक्त थियाे । उक्त रिक्त पदमा यहि असाेज २७ गते उपनिर्वाचन हुदैछ ।
पार्टीकाे १४ औं महाधिवेशनबाट उहाँ क्षेत्रीय सचिव पदमा निर्वाचित हुनुभएकाे थियाे । त्यस्तै रिक्त रहेकाे सहसचिव पदमा विष्णुप्रसाद चापागाईलाई अगाडि सारिएकाे छ । उपसचिव पद पनि राबहादुर क्षेत्रीले पार्टी परित्याग गरेपछि रिक्त थियाे ।