बुटवल उद्याेग वाणिज्य संघ रुपन्देहीकाे नवनिर्वाचित कार्यसमितिलाई हार्डवेयर बस्तुगत समितिले सम्मान गरेकाे छ । संघ अन्तरगत गठित हार्डवेयर बस्तुगत समितिले बुधबार बुटवलमा कार्यक्रमकाे आयाेजना गरी संघकाे नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै सम्मान गरेकाे हाे ।
कार्यक्रममा बाेल्दै संघका नवनिर्वाचित अध्यक्ष हरीप्रसाद अर्यालले निर्वाचनको समयमा जाे जता लागे पनि निर्वाचित भएपछि सबैको साझा भएर उद्योगी व्यवसायीका समस्या समाधानमा लाग्ने प्रतिवद्वता व्यक्त गर्नुभयाे । उहाँले अहिले मुलुककाे अर्थतन्त्र जरजर बन्दै गईरहदा उद्याेगी व्यवसायीले सरकारलाई बुझाउनुपर्ने राजश्वकाे दरपनि बढ्दै गएकाेमा चिन्ता व्यक्त गर्नुभयाे । उहाँले त्यसलाई कसरी घटाउन सकिन्छ, संघकाे तर्फबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

त्यस अवसरमा हार्डवेयर बस्तुगत समितिका सभापति अनिलप्रसाल गुप्ताले व्यवसायमा पार्किङ, राजश्व, घरभाडा लगायतका कुराहरु मुख्य समस्याकाे रुपमा रहेकाे जानकारी गराउँदै त्यसकाे व्यवस्थापनमा पहल गर्न संघलाई आग्रह गर्नुभयाे ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उद्याेग उपाध्यक्ष सुरज भट्टराई, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, महासचिव मुक्ति अधिकारी, संघका कार्यसमिति सदस्य तथा बस्तुगत समितिका पूर्व सभापति दीपकप्रसाद चापागाईले उद्याेगी व्यवसायीका समस्या समाधान गर्दै व्यवसायिक विकास तथा प्रवर्धनकाे लागि संघले गर्ने गतिबिधिलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएकाे थियाे ।
त्यस्तै बस्तुगत समितिका सल्लाहकारहरु मुकेश श्रेष्ठ, नारायण भट्टराई लगायतले भनाई राख्दै उद्याेगी व्यवसायीका समस्या समाधान र उद्यमशिलता विकासकाे काममा ससक्त भूमिका खेल्न सुझाव दिनुभएकाे थियाे ।
कार्यक्रम बस्तुगत सममितिका उपसभापति राजन पाण्डेकाे स्वागत तथा सचिव धर्मेन्द्र कसाैधनकाे सञ्चालनमा भएकाे थियाे ।