आस्थाका बन्दी छुटाउन दवाव दिनको लागि एम्नेस्टि इन्टरनेशनल नेपालले सञ्चालन गरेको राईट फर राईट्स क्याम्पेन रुपन्देहीमा पनि गरिएको छ । एम्नेस्टि इन्टरनेशनल नेपाल समुह १२ बुटवल र इनरह्वील क्लव अफ तिलोत्तमाको संयुक्त आयोजनामा रुपन्देहीको तिलोत्तमामा राईट फर राईट्स क्याम्पेन सञ्चालन गरिएको एम्नेस्टि इन्टरनेशनल नेपाल समुह १२ बुटवलका संयोजक कविन्द्र नेपालले जानकारी गराउनु भयो ।
यो क्याम्पेन केही दिनसम्म सञ्चालन गरिने छ । क्याम्पेनमा सहभागि हुन र एम्नेस्टिको अभियानमा साथ दिनको लागि पनि एम्नेस्टि इन्टरनेशनल नेपाल समुह १२ बुटवलले अनुरोध गरेको छ । नेपालमा कारागारमा रहेका बन्दीहरुको कारागारमै हुने मृत्यु बढ्न थालेपछि त्यसलाई रोक्नको लागि सरकारलाई दवाव दिन नेपाल सरकारलाई पत्राचार गरिने छ भने अन्य विभिन्न मुलुकमा रहेका ६ जना आस्थाका बृद्धिको रिहाईको लागि यो अभियान सञ्चालन गरिएको एम्नेस्टि इन्टरनेशनल नेपाल समुह १२ बुटवलकी सचिव तथा इनरह्वील क्लव अफ तिलोत्तमाकी अध्यक्ष सपना रेग्मी लम्सालले जानकारी दिनुभयो ।
शनिबारदेखि सुरु गरिएको यो क्याम्पेनमा समाजसेवी सुर्य बञ्जाडे, रोटरी क्लवका अध्यक्ष सिए हरि लम्साल, एम्नेस्टि इन्टरनेशनल नेपाल समुह १२ बुटवलका सहसंयोजक हरी गौतम, सदस्य तथा इनरह्वील क्लवकी पूर्व अध्यक्ष प्रभा अर्याल लगायतले भनाई राख्नु भएको थियो ।