रोशन ज्ञवाली /
बढ्दो पश्चिमा संस्कृतिको खोक्रो आडम्बरको होडबाजी र आजको आधुनिकतालाई नै सर्बोपरी मानी आफ्नो जिवनकालको उर्जावान समयलाई क्षणिक बिलासिता वा इन्द्रीय तृप्तीमा आसक्त कुनै पनि धार्मिक क्रियाकलापहरु बुढ्यौलीमा गर्नुपर्छ भन्ने जस्ता संकूचित सोचका कारण नेपाली समाजमा श्रीमद्भगवद्गीता बारे कर्म गर तर फलको आशा नगर भन्ने जस्ता फगतका भ्रमहरूले जनमानसमा जरा गाडेको पाइन्छ भने त्यसको ठीक विपरित आजभन्दा ५००० (पाँच हजार) बर्ष अगाडीको गीता ज्ञान आज पनि त्यत्तिकै प्राक्टिकल र साइन्टिफिक छ । भगवद्गीता ज्ञान धार्मिक ग्रन्थ मात्र नभएर बच्चा देखि बृद्ध, स्त्री वा पुरुष, काला वा गोरा, अमेरिकन वा इण्डियन सबैका लागि खुसी साथ सुखद् जीवनयापन गर्ने एक मात्र फर्मूला (म्यानुअल अफ लाइफ) हो ।
आध्यात्मिक भाषामा भगवद्गीता बैद्धिक स्मृति–शास्त्र हो, जसलाई गीतो पनिशद पनि भनिन्छ किनकी भगवद्गीता सबै बैद्धिक शास्त्रको सार साथ–साथै धेरै प्रश्नको उत्तर पनि हो । तर धार्मिक दृष्टीकोण भन्दाअलग कोण बाट हेर्दा भगवद्गीता आफैंमा सर्बोत्कृष्ट पुस्तक हो, जसले जीवनलाई सुख, खुसी र सफलतातर्फ डोर्याई सार्थक बनाउँछ ।
हालाकी गीता ज्ञान कुरुक्षेत्रको युद्धभूुमिमा युद्धका बीच दिइएतापनि यस ज्ञानमा कुनैपनि युद्धनीती, युद्धकौशलता, अथवा युद्धका कुराहरू संमिलित नभएर यसमा समस्त मानवजाति कै कल्याण र शान्तिको ज्ञान प्रदान गरेको छ । कुरुक्षेत्रको युद्धभुमिमा धर्मयोद्धा पाण्डव पुत्र महावीर अर्जुनलाई आफ्नो कर्म र कर्तव्य निर्भाह गर्न मनमा उत्पन्न हुने दुविधा, उल्झन र भावनात्मक कमजोरीहरुलाई संतुलनमा राखी आफ्नो कर्म र कर्तव्य पालन गर्नकालागी भगवान स्वयंम श्रीकृष्णद्वारा श्लोक मार्फत ज्ञान प्रदान गरिएको छ । जसरी आजको साइबर यूगका आधुनिक पुस्ता मा पाइने भ्रम, दुविधा, अर्थको अभाव, भावनात्मक चोट, मानसिक तनाब जस्ता मानवीय कमजोरीसँग भगवद्गीताको सुरुवात हुन्छ र महाबिर अर्जुनको जिवनखण्डकै सबैभन्दा अफ्ठ्यारो परिस्थितीमा पनि मन र दिमागलाई संतुलनमा राखी आफ्नो काम, कर्तव्य र अधिकार तर्फ सशक्तीकरण गर्नुहुन्छ ।
साथै प्रत्येक मानिसलाई यो जान्न अतिआवश्यक छ कि जो जे जस्ता समस्याबाट गुज्रिरहेका भएतापनि मानिसका समस्याहरू भन्दा मानिसहरू धेरै शक्तिशाली छन् र हामी भन्दा हाम्रा दुविधा, चुनौती र समस्याहरू धेरै साना छन् भन्ने कुराको सशक्तीकरण गीताज्ञानबाट नै हुन्छ साथै जीवनकाे सबै खाले समस्याहरुलाई परास्त गर्न सक्ने सामर्थ्यकाे विकास हुन्छ, जसका कारण धैर्यता, कन्फीडेन्स र दृढताको विकास हुन्छ ।
साथै गीताज्ञान आध्यात्मिकता र व्यवहारिकतालाई संतुलनामा राखी जीवनको सबैखाले प्रश्नको उत्तर यस ज्ञानमा छ भने व्यवहारिक पक्षहरूमा संतुलन, संयमता, फोकस, लगनशिलता, अनुशासन, म्यानेजमेन्ट, सेल्फकन्ट्रोल, लिडरसिप, फिटनेश, स्वास्थ जस्ता एकदमै जिवन उपयोगी शिक्षाहरु समावेश रहेका छन् ।
सबैभन्दा रोचक कुरा त के छ भने आजभन्दा ५००० वर्ष अगाडी गीता ज्ञान दिइएता पनि यो ज्ञान वर्तमान समयमा पनि त्यत्तिकै वैज्ञानिक र व्यवहारिक छ, जसका कारण गीताज्ञान मानवजीवनको परम सत्य तथा परम लक्ष्य प्राप्ति गर्ने एकमात्र उपाय हो । हालाकी जुन कुरालाई बद्लिदो वर्तमान नेपाली समाजले लत्याएपनि विश्वभरीका विकसित राष्ट्रहरू जस्तै अमेरिका, जर्मनी, बेलायत, युरोप जस्ता राष्ट्रहरूमा भगवद्गीताको लोकप्रियता दिनानु–दिन बढ्दोक्रममा रहेको छ भन्ने कुरा गीताको विभिन्न भाषामा अनुवाद र यस पुस्तकको प्रकाशन तथा वितरणले पुष्टि गर्दछ । बजारमा धेरै लेखक र पब्लिकेशनहरुका गीताहरू उपलब्ध भएतापनि भक्तिवेदान्त बुक ट्रस्ट द्वारा प्रकाशित र श्री.श्रीमद ए. सी. भक्तिवेदान्द स्वामीप्रभुपादद्वारा अनुवादित श्रीमद्भगवद्गीता यथारुप कुनैपनि गलत व्याख्या नगरी सरल रूपमा बुझ्न सजिलो रहेको छ ।
श्रील प्रभुपादकी जय !
(लेखक फर्मासीस्ट हुनुहुन्छ ।)