जल तथा मौषम विज्ञान विभागको प्रक्षेपण : हिउँदमा सरदरभन्दा बढी पानी पर्छ

1.3K

जल तथा मौषम विज्ञान विभागको प्रक्षेपण : हिउँदमा सरदरभन्दा बढी पानी पर्छ

यो वर्षको हिउँदमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागले हिउँद अवधि (मंसिर १५ देखि फागुन १७ गते) मा सरसदर भन्दा बढी पानी पर्ने आंकलन गरेको हो ।
विभागले यस वर्षको हिउँदयाममा बागमती प्रदेशदेखि पश्चिमी भेगका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने तथा मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा भने सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ । गत वर्ष मध्य तथा पश्चिम क्षेत्रमा बढी वर्षा भएको थियो भने कोशी, मधेश र बागमती प्रदेशमा कम वर्षा भएको थियो ।
नेपालमा मंसिर १५ गतेदेखि फागुन १७ गतेसम्मको अवधिलाई हिउँदयाम मानिन्छ । यो अवधिमा ६०.१ मिलिमिटरसम्मको वर्षालाई सरदर मानिन्छ । तापक्रम भने गत वर्षको हाराहारीमै हुने प्रक्षेपण गरिएको छ । लुम्बिनी, बागमती, मधेश र कोशी प्रदेशमा सरदरभन्दा कम जाडो हुनेछ ।