आजदेखि नेपाल जेसीजकाे राष्ट्रिय महाधिवेशन : तयारी पूरा

1.3K

आजदेखि नेपाल जेसीजकाे राष्ट्रिय महाधिवेशन : तयारी पूरा

आज शुक्रबारदेखि बुटवलमा नेपाल जेसीजकाे ५० औं राष्ट्रिय महाधिवेशन हुदैछ । महाधिवेशनकाे सबै तयारी पूरा भएकाे आयाेजक बुटवल जेसीजले बिहिबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएकाे हाे ।
पुसकाे १ गते सकिने महाधिवेशनकाे आज विशेष समाराेहका विच सभामुख देवराज घिमिरेले उद्घाटन गर्नुहुनेछ । बुटवल जेसीज स्थापनाकाे ५० वर्ष प्रवेश भएकाे अवसरमा बुटवलमा आयाेजना गरिएकाे राष्ट्रिय महाधिवेशनमा बुटवलबाट विशेष सन्देश दिन खाेजिएकाे महाधिवेशनका कन्भेन्सन डाईरेक्टर जगतबहादुर पाेखरेलले जानकारी गराउनु भयाे ।
महाधिवेशन अगाडि बिहान बुटवलमा झाकी सहितकाे शान्ति पदयात्रा गरिने छ । त्यस्तै बुटवलकै फुलवारीमा स्वर्ण स्मारक सिल्यान्यास गरिने छ ।
महाधिवेशनमा जनप्रतिनीधिमा निर्वाचित जेसीज सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम तय गरिएकाे उहाँले जानकारी गराउनु भयाे ।
त्यसैगरी बुटवलकाे पहिचानलाई जाेडेर गित गाएका गायकलाई सम्ममान गरिने सांस्कृतिक कार्यक्रम संयाेजक बुटवल जेसीजका पुर्व अध्यक्ष विमलराज भट्टराईले बताउनु भयाे । जसकाे लागि ३१ जना गायककार पहिचान गरिएकाे छ ।
महाधिवेशनमा देशभरका १७८ शाखाबाट १२४६ जना र अध्यक्षले मनाेनित गर्ने समेत गरी १४७६ मतभार रहेकाे । महाधिवेशनमा आउने प्रतिनिधि, पर्यावेक्षेक, अतिथि सबैकाे लागि खाना तथा आवासकाे सबै व्यवस्था मिलाई सकिएकाे बुटवल जेसीजका अध्यक्ष हरिबिक्रम कुवरले जानकारी गराउनु भयाे ।

अध्यक्षकाे लागि चार जना प्रतिस्पर्धामा

नेपाल जेसीजकाे अध्यक्ष पदकाे लागि चार जना उम्मेद्वार प्रतिस्पर्धामा हुनुहुन्छ । महाधिवेशनबाट नेपाल जेसीजकाे नेतृत्व लिनकाे लागि विजय गुरुङ, रजनी थापा, रविन पाेखरेल, रश्मी सिल्पकार र अनिल शाहीकाे उम्मेदवारी परेकाे थियाे । त्यसमध्ये १ जनाकाे उम्मेदवारी खारेज भएकाे छ ।
त्यसैगरी ४ कार्यकारीणी उपाध्यक्ष पदमा १२ जनाकाे प्रतिस्पर्धा छ भने १२ उपाध्यक्ष पदमा २१ जनाकाे प्रतिस्पर्धामा रहेकाे पनि उहाँले जानकारी गराउनु भयाे । मतदान पुसकाे १ गते ईलेक्ट्राेनिक भाेटिङ सिस्टमबाट हुनेछ ।
महाधिवेशन तयारीका सम्बन्धमा उम्मेद्वार तालिम, अन्तरवार्ता लगायतका कार्यक्रम सकिएकाे नेपाल जेसीजका पूर्व अध्यक्ष अनुपमान सैंजूले बताउनु भयाे ।