लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा मञ्जु भुसाल निर्वाचित हुनु भएको छ । शनिवार भैरहवामा सम्पन्न संघको १३ औं अधिवेशनबाट भुसाल नेतृत्वको प्यानल विजयी भएको हो ।
अध्यक्षमा निर्वाचित भुसालले १३४ मत प्राप्त गर्नुभयो भने अध्यक्षका अर्का दुबै प्रतिस्पर्धी गणेशप्रसाद शर्मा र प्रयास खड्काले समान ८६ मत प्राप्त गर्नुभयो ।
प्रथम उपाध्यक्षमा १०९ मत प्राप्त गरी रमेश बेल्बासे द्वितीय उपाध्यक्षमा ११९ मत प्राप्त गरी विष्णु सुब्बा, महासचिवमा १२२ मतका साथ स्वतन्त्रका प्रितम रौनियार विजयी हुनु भएको छ ।
त्यसैगरी सचिवमा १२५ मत प्राप्त गरी राजन ज्ञवाली, कोषाध्यक्षमा यज्नयप्रसाद बेल्बासे १०४ मतका साथ विजयी हुनु भयो । सह–कोषाध्यक्षमा पवनकुमार मिश्रा तथा खुल्ला सदस्यमा पुरन कार्की क्षेत्री, रोशनप्रसाद भण्डारी, सुरेन्द्र यादव, सतिश मिश्रा, शुभम रौनियार विजयी हुनु भएको छ । लुम्बिनी निर्माण व्यवसायी संघ, बुटवलको अध्यक्षमा बुद्धिराज थापा निर्वाचित हुनु भएको छ ।