बुटवलमा बिहिबारदेखि लुम्बिनी एक्स्पो : तयारी पुरा

95

बुटवलमा बिहिबारदेखि लुम्बिनी एक्स्पो : तयारी पुरा

बुटवलमा बिहिबारदेखि लुम्बिनी एक्स्पो हुँदैछ । रुपन्देही व्यापार संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ हुन लागेको एक्स्पोको तयारी पुरा भएको सोमबार पत्रबार सम्मेलन गरी जानकारी गराईएको छ ।
यहि पुसको १८ गतेसम्म हुने एक्स्पोमा ६ सय स्टल रहने छन् । जसमा होटलतथा रेष्टुरेन्ट–२३, उनी, गार्मेन्ट तथा तयारी पोशाक–१४१, अन्तर्राष्ट्रिय–१०, कृषि–४३, ब्याग/जुत्ताचप्पल–६८, राष्ट्रिय तथा बहुर्राष्ट्रिय कम्पनी–७८, श्रृंगार, उपहार तथा खेलौना–५२, फर्निचर तथा फर्निसिङ, किचन एण्ड प्लाष्टिक सामान–५३, बैंक/वित्तिय संस्थाएवं शैक्षिक संस्था–१८, अटोमोवाइल्स, लुब्रिकेशन, टायर तथा पार्टस–६, आइटी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स–१६, आइसक्रिम तथा वेकरीज–१८, पुस्तक, किप, स्टेशनरी तथा स्पोर्टस–८, औषधिजन्य पदार्थ तथा कृषि उत्पादनका ६६ स्टल रहेको मेला मूल आयोजक समितिका संयोजक, रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी गराउनु भयो ।
मेलामा करिब १० लाख दर्शकले अवलोकन गर्ने र करिब ५० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिईएको छ । मेलामा गौतमबुृद्धको जन्मस्थल लुम्बिनीसहित प्रदेश भित्रका धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा एतिहासिक महत्व बोकेका सम्पदाहरु एवं स्थलहरुको प्रवर्द्धनात्मक प्रचारप्रसार गरिने पनि उहाँले बताउनु भयो ।
कोरोना पछि बुटवलको व्यापार व्यवसायमा केही शिथिल भएको बेला यो मेलाले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि महत्वपूर्ण हुने आयोजकको दावी छ । एक्स्पोको उद्घाटनको पुर्व शन्ध्यामा मेला स्थल बुटवल मण्डपबाट बिभिन्न जात जाति, धर्म, समूदायको लोक संस्कृति झल्किने काझाँकी सहित जनचेतनामूलक ¥याली गरिने छ । त्यस्तै मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती हनुे छ ।
त्यसैगरी डान्स आइडल प्रतियोगिता, लोक दोहोरी प्रतियोगिता, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, विद्यालय स्तरीय वादविवाद प्रतियोगिता, ¥यापगित प्रतियोगिता र भजन प्रतियोगिता गराईने छ ।