एकता सहकारी : अधिवेशनमा उम्मेद्वार हुन साँवा, व्याज, किस्ता तथा वचत क्लियर हुनुपर्ने

60

एकता सहकारी : अधिवेशनमा उम्मेद्वार हुन साँवा, व्याज, किस्ता तथा वचत क्लियर हुनुपर्ने

बुटवलमा सञ्चालित एकता वचत तथा ऋण सहकारी संस्थाकाे २६ औं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । शनिबार बुटवलमा सम्पन्न साधारण सभाले अघिल्ला वर्षका कार्यक्रमलाई निरन्तरता दिदै संस्थामा बुझाउनु पर्ने ऋणकाे सावा, व्याज, किस्ता तथा नियमित वचत बाँकी भएकाे सदस्य संस्थाकाे अधिवेशनमा कुनै पनि पदमा उम्मेद्वार हुन नपाउने प्रस्ताव पारित गरेकाे छ ।
त्यस्तै बढी शेयर सदस्य थप गर्ने शेयर सदस्यलाई सम्मान गर्ने, संस्थाकाे न्यूनतम शेयर रकम २० हजार र एकता विशेष वचतमा १ लाख नपुर्याउने सदस्यलाई सदस्य कल्याण काेषबाट दिईने सुविधा पनि नदिने नीति अख्तियार गरेकाे छ ।
साधारण सभामा बाहिरबाट आएका सहकारीले सहकारी मूल्य मान्यता विपरित गरेका गतिविधिले अरु सहकारीमा पनि त्यसकाे नकारात्मक प्रभाव परेकाे भन्दै त्यस्ता सहकारीलाई अनुगमन, नियमन र कारवाही गर्न पनि आग्रह गरिएकाे छ ।
कार्यक्रममा बाेल्दै सहकारीकाे कार्यालय रहेकाे वडा नं. ६ का अध्यक्ष लाेकनाथ न्याैपानेले बुटवलमा स्थापित भएका सहकारीमा त्यस्ताे समस्या नआएकाे बताउदै विशेष गरेर वाहिरबाट आएका सहकारीमा सदस्य बन्दा राम्राेसंग बुझेर मात्रै सदस्य बन्न आग्रह गर्नु भयाे ।
कार्यक्रममा संस्थाकी अध्यक्ष सावित्रा टण्डनले प्रस्तुत गरेकाे वार्षिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समिति संयाेजक सुधिर पराजुलीले प्रस्तुत गरेकाे लेखा समितिकाे प्रतिवेदन र काेषाध्यक्ष वालकृष्ण खरेलले प्रस्तुत गरेकाे आर्थिक प्रतिवेदन पारित भएकाे सचिव विष्णुप्रसाद पाैडेलले जानकारी गराउनु भयाे ।
साधारण सभामा संस्थाका सल्लाहकार बुद्धिप्रसाद पाण्डे, परामर्शदाताहरु नवराज श्रेष्ठ, युवराज पाैडेल, उपाध्यक्ष लाेकहरी पाण्डे, शेयर सदस्य हुमराज भुसाल लगायतले भनाई राख्नुभएकाे थियाे ।
त्यसै अवसरमा संस्थाका असल ऋणी, वचतकर्ता तथा एसईई तथा कक्षा १२ काे परीक्षामा उत्कृष्ट अंक सहित पास हुने शेयर सदस्यका सन्ततीलाई सम्मान गरिएकाे थियाे ।