बुटवलको ‘टुना टेक्नोलोजी’लाई आईसीटी अवार्ड

1.3K

बुटवलको ‘टुना टेक्नोलोजी’लाई आईसीटी अवार्ड

बुटवलको टुना टेक्नोलोजी प्रा.लि.ले आईसीटी अवार्ड–२०२३ प्राप्त गरेको छ । गत शुक्रबार काठमाण्डौमा आयोजना गरिएको ग्राण्ड फिनालेमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यो अवार्ड प्रदान गर्नु भएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दुरसञ्चार प्राधिकरण, राष्ट्रिय सूचना प्रविधि केन्द्र र नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा आईसीटी अवार्ड २०२३ आयोजना गरिएको थियो । जसमा टुना टेक्नोलोजीले उपत्यका बाहिर लुम्बिनी प्रदेशबाट यो अवार्ड प्राप्त गरेको हो । यो अवार्डका लागि ५ महिना भन्दा लामो समय लगाएर छनौट गरिएको थियो । जसमा १२ वटा भन्दा बढी ईभेन्ट गरिएको थियो ।
टुना टेक्नोलोजी प्रा.लि. आईटी क्षेत्रमा विशेषज्ञता उत्पादनमा आधारित परियोजना कम्पनी हो । यसले वेबसाईट डिजाईन तथा सफ्टवेयरको विकास गर्छ । त्यस्तै डिजटल मार्केटिङ, ग्राफिक्स डिजाईन र मोवाईल एपको पनि विकास गरिने प्रमुख कार्यकारी अधिकृत राजिव गौतम बताउनु हुन्छ ।