सडकमा असरल्ल तार व्यवस्थापनमा लखन ब्रदर्श

1.3K

सडकमा असरल्ल तार व्यवस्थापनमा लखन ब्रदर्श

बुटवल उपमहानगरपालिका वडा नं. ८ मा स्थापित लखन ब्रदर्श युवा क्लव सडकमा असरल्ल रहेका तारलाई व्यवस्थित गर्ने अभियानमा जुटेको छ । सडकका पोलमा असरल्ल झुण्डिएका तारका कारण दुर्घटनाको समेत जोखिम देखिएको र त्यसलाई शहरलाई समेत कुरुप देखाएकोले तारको व्यवस्थापनमा क्लव जुटेको हो ।
वि.सं. २०७९ मा दर्ता भएको क्लबले बुटवलको सुख्खानगर लगायतका क्षेत्रमा अव्यवस्थित रूपमा असरल्ल झरेका, छरिएका विद्युतीय तार सहित, केवलअपरेटरका तार, विभिन्न ईन्टरनेट सेवा प्रदायक कम्पनीका तार, विद्यूतीय पोलका तार समेतलाई व्यवस्थीत गरी एकमुष्ट रूपमा मिलाउने काम गरिएको क्लवका अध्यक्ष सुदीप खत्रीले बताउनु भयो ।
क्लवका सचिव निरज पन्तका अनुसार यसलाई व्यवस्थित गर्नको लागि करिव १ महिना लाग्ने छ । तारको व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिका वडा नं. ८ बाट क्लवले स्वीकृति लिएको छ । शहरलाई नराम्रो देखिने गरी र दुर्घटनाको जोखिम समेत हुनेगरी झुण्डीएका तारको व्यवस्थापन गर्नको लागि क्लवलाई स्वीकृति प्रदान गरिएको वडा अध्यक्ष यज्ञप्रसाद पंगेनीले बताउनु भयो । अभियानका क्रममा कतिपय सेवा प्रदायक संस्था, विद्युत प्राधिकरण, टेलिकम लगायतका कार्यालयलाई पत्राचार समेत गरिएको छ ।