बुटवल महिला जेसीजको अध्यक्षमा संगिता ढकाल निर्वाचित हुनु भएको छ । सोमबार बुटवलमा सम्पन्न वार्षिक साधारण सभा तथा अधिवेशनबाट ढकालको नेतृत्वमा सर्वसम्मत रुपमा वर्ष २०२४ को लागि नयाँ कार्यसमिति चयन गरिएको हो ।
जसको कार्यकारिणी उपाध्यक्ष पदमा सपना ज्ञवाली, विनुदेवी रिजाल, उपाध्यक्ष पदमा अपुर्वा खनाल, लक्ष्मी पौडेल, कविता श्रेष्ठ र सुष्मा जिसीलाई चयन गरिएको निर्वाचन आयुक्त अनुपमा श्रेष्ठले जानकारी गराउनु भयो ।
कार्यक्रम बुटवल महिला जेसीज वर्ष २०२३ की अध्यक्ष कमला लम्सालको अध्यक्षतामा भएको थियो । अध्यक्षले मनोनित गर्ने कानुनी सल्लाहकारमा रुपा श्रेष्ठ पाठक, महासचिव पदमा रुपा श्रेष्ठ र कोषाध्यक्ष पदमा संगिता मरासिनीलाई मनोनित गरिएको छ । त्यस्तै सहसचिवमा कृति पाण्डे, सहकोषाध्यक्षमा मेरिना बर्मा र सिईएमा वेदना पाण्डेलाई चयन गरिएको छ ।