रोयल इनफिल्डकाे ‘मेटेओर’ माेटरसाईकल बुटवलमा लञ्च

1.3K

रोयल इनफिल्डकाे ‘मेटेओर’ माेटरसाईकल बुटवलमा लञ्च

रोयल इनफिल्ड बुटवलको आधिकारिक बिक्रेता ‘गैरे प्रतिष्ठान प्रालि’ ले रोयल इनफिल्ड मेटेओर बाइकको बुटवलमा लञ्च गरेको छ । कम्पनीले बुधबार मोटरसाइकलको नयाँ मोडल सार्वजनिक गरेको हो । कम्पनीका अध्यक्ष प्रेमराज गैरे र संचालक लक्ष्मी गैरेले  बुटवलस्थित कालिकानगरमा रहेको रोयल इनफिल्डको शोरुममा मोटरसाइकल बिक्री शुभारम्भ गर्नुभएकाे हाे ।शुभारम्भ गर्दै अध्यक्ष प्रेम गैरेले नयाँ मेटेओर  बाइक इजि क्रुजर र कम्फर्टका हिसाबले सहर र राजमार्गमा लामो यात्रामा रोजाइमा पर्ने बताउनु भयाे । उक्त रोयल इनफिल्ड मेटेयाेर ३५० फायरबल सिरिज, स्टेल्लर सिरिज र सुपर नोभा सिरिज गरि जम्मा तिन सिरिजमा उपलब्ध हुने अध्यक्ष गैरेले बताउनु भयाे । मोटरसाइकलको प्रारम्भिक मूल्य पाच लाख ५० हजार रुपैयाँ देखि ५ लाख ६५ हजार सम्म रहेको उहाँले जानकारी दिनुभयाे । बिभिन्न कलरमा उपलब्ध उक्त मोटर बाइक ३४९ सिसि को र  सिङ्गल क्लाइन्डर,फ्युल इन्जेक्टर, कुल एयर इन्जिन जसले धेरै क्षमातामा २०.२ बि .एच .पि, मेक्सिमम टोक २७ न्युटन मिटर जेनेरेट गर्ने प्रालिका प्रमुख प्रबन्धक ध्रुव सापकोटाले जानकारी दिनुभयाे । गैरे प्रतिष्ठान प्रालिले क्लासिक ३५० र रोयल इलफर्ड हिमालयन स्क्रयाम ४११ मोडलको मोटरसाइकल यहि बर्ष बिभिन्न समयमा  लञ्च  गरिसकेको छ ।