विभिन्न विधामा समाजमा योगदान गरेका रुपन्देही र चितवनका चार जना युवालाई अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको छ । भारत गोण्डाको शान्ति फाउन्डेसन र लुम्बिनी क्षेत्रका युवाहरुको आयोजनामा रुपन्देही तिलोत्तमा ४ का बाबुराम घिमिरे, सैनामैना ३ का हरीप्रसाद पौडेल तथा भरतपुर ११ का प्रदिप सापकोटा र प्रकृति पौडेललाई क्रमशः अन्तर्राष्ट्रिय स्तरको ‘शान्ति रत्न अवार्ड’ र ‘वेष्ट सोसाल अवार्ड’ प्रदान गरिएको हो ।
लुम्बिनीको बुद्धिष्ट युनिभर्सीटीमा यहि पुसको १० र ११ गते आयोजना गरिएको अन्तर्राष्ट्रिय कन्फ्रेन्स तथा अवार्ड वितरण कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता र भारतको महाराष्ट्रका सन् १९९२ पदमाश्री बिभूषणबाट विभूत डा. विजयकुमार शाहले साहित्यका माध्यमबाट समाजमा पु¥याएको योगदानको कदर स्वरुप तिलोत्तमाका घिमिरे र सैनौमनाका पौडेललाई अन्तर्राष्ट्रिय साहित्य रत्न अवार्ड तथा भरतपुरका सापकोटा र पौडेललाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा आईटी तथा समाजसेवामा योगदान गरे वापत अन्तर्राष्ट्रिय वेष्ट सोसल अवार्ड प्रदान गर्नुभएको हो ।