हाेटल चाैविसै घण्टा चल्नुपर्छ : घिमिरे

23

हाेटल चाैविसै घण्टा चल्नुपर्छ : घिमिरे

प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले हाेटल व्यवसाय चाैविसै घण्टा चल्नुपर्ने बताउदै त्यसकाे लागि वातावरण बनाउन सरकारसंग आग्रह गर्नुभएकाे छ । उहाँले विश्वकाे कुनै पनि ठाउमा हाेटल चलाउनकाे लागि समयको रोकतोक नभएको बताउदै पर्यटनसंग जाेडिएकाे हाेटल व्यवसाय चाैविसै घण्टा चल्ने वातावरण बनाउनु पर्ने बताउनु भएकाे हाे ।
हाेटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले आयाेजना गरेकाे बुटवल सडक खाना महाेत्सवकाे उद्घाटन गर्दै उहाँले सुरक्षाको व्यवस्थापन सरकारको जिम्मेवारी भएको बताउनु भयाे । रुपन्देहीमा मात्रै ६० अर्व वढी हाेटल व्यवसायमा लगानी भएकाे बताउदै उहाले लगानीकाे सुरक्षामा ध्यान दिन सरकारलाई आग्रह गर्नुभयाे ।
त्यस्तै प्रदेश सरकारका प्रवक्ता गृहमन्त्री सन्ताेष पाण्डेले यहाँकाे विकासलाई व्यवस्थापन गर्न सके लुम्बिनीकाे विकास देशकै माेडल हुने विश्वास व्यक्त गर्नुभयाे ।
प्रदेश सरकारका उद्योगमन्त्री रोज राणाले उद्याेगी व्यवसायीकाे हितमा आफू संगै रहेकाे बताउदै भाषण भन्दा पनि नीति निर्माण र त्यसकाे कार्यान्वयनमा जाेड दिनुभयाे । प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले बुटवललाई पहिचान दिलाउने रुपमा मेलामहोत्सव भएको बताउनु भयाे।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले बुटवलको मेला, सडक महोत्सव एउटा मोडेलका रुपमा रहेको बताउदै यसमा अभिभावकत्व ग्रहण गर्न नगरपालिका तयार रहेकाे बताउनु भयाे ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरीप्रसाद अर्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोख्रेल लगायतले व्यवसाय प्रवद्घर्नमा मेलामहोत्सव महत्वपूर्ण हुने भन्दै यसको निरन्तरता जरुरी रहेको बताउनु भएकाे थियाे ।
कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले जातजातीको संस्कृति पहिचान हुने गरि सडक खाना महोत्सव आयोजना गरिएकाे र सुस्ताएको होटल व्यवसायलाई उकास्न थोरै भएपनि सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयाे ।