लुम्बिनी एक्स्पोमा बाली उपचार शिविर

1.3K

लुम्बिनी एक्स्पोमा बाली उपचार शिविर

बुटवलमा सञ्चालित लुम्बिनी एक्स्पोमा बाली उपचार शिविर गरिएको छ । राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम र लुम्बिनी प्रदेश बाली संरक्षण प्रयोगशालाको प्राविधिक सहयोगमा शनिबार र आईतबार बालि उपचार शिबिर गरिएको बाली संरक्षण प्रयोगशाला बाँकेका बाली संरक्षण अधिकृत उमाशंकर पौडेलले जानकारी दिनुभयो ।
किसानले बालीमा लागेको रोक तथा प्रकोप समयमै थाहा पाउन र उपचार गर्न पाए बालीमा हुने क्षेती रोक्न सकिने भएकाले एक्स्पोमा बाली उपचार शिबिर गरिएको कृषि प्याभिलिएनका संयोजक तथा रुपन्देही व्यापार संघका कार्यसमिति सदस्य मेघराज पौडेलले जानकारी गराउनु भयो ।

दुई दिनसम्म चलेको शिबिरमा किसानले ल्याएको स्याम्पलको निःशुल्क परीक्षण तथा उपलब्ध गएको विषादी निःशुल्क वितरण गरिएको थियो । उपलब्ध नभएका औषधि तथा विषादी सिफारिस गरेर पठाईएको बाली संरक्षण प्रयोगशालाका प्राविधिक सहायक पूर्णप्रसाद तिमिल्सीनाले जानकारी गराउनु भयो ।
शिविरमा ३० जना किसानले सय बढी स्याम्पल ल्याएका थिए । उहाँका अनुसार शिबिरमा बालीमा हुने खाद्यतत्वको कमी, किरा तथा रोगको प्रकोप लगायतको परीक्षण गरिएको थियो । किसानले ल्याएका स्याम्पलको परीक्षण गर्नुका साथै परीक्षणबाट पत्ता नलागेका किरा तथा रोगको लागि ल्यावको परीक्षण गरिएको र ल्यावबाट पनि पत्ता लगायन नसकेका कुरालाई केन्द्रीय ल्यावमा पठाईने उहाँले बताउनु भयो ।