देवदह जेसीजको अध्यक्षमा पराजुली

1.3K

देवदह जेसीजको अध्यक्षमा पराजुली

देवदह जेसीजको अध्यक्षमा आनन्दप्रसाद पराजुली निर्वाचित हुनु भएको छ । शाखाको आठौं अधिवेशनबाट वर्ष २०२४ को अध्यक्ष पदका लागि पराजुलीको नेतृत्वमा सर्वसम्म कार्यसमिति चयन गरिएको हो ।
कार्यसमितिको कार्यकारिणी उपाध्यक्ष पदमा कमला अर्याल र मधु भन्डारी, उपाध्यक्ष पदमा विजय सापकोटा, रामचन्द्र न्यौपाने, अनिल पराजुली र ललिता घिमिरे निर्वाचित हुनु भएको छ ।
अध्यक्षले मनोनित गर्ने कानुनी सल्लाहकारमा नारायण अधिकारी, महासचिव चित्र आले र कोषाध्यक्ष पदमा दिनेशराज पराजुलीलाई मनोनित गरिएको छ ।