रुपन्देहीको दक्षिणी नाकाबाट व्यापक तस्करी

254

रुपन्देहीको दक्षिणी नाकाबाट व्यापक तस्करी

रुपन्देहीको दक्षिणी नाकाहरुबाट तस्करी भईरहेको छ । भारतसंग सिमा जोडिएको रोहिणी गाउँपालिका वडा नं. २ मैनीहवा नाका र वडा नं. ५ को बरवा नाकाबाट चिनि, लत्ताकपडा, धान, चामल आयात प्रतिवन्धित कुखुरा तथा कुखुराको चल्ला तथा मासु लगायतका सामानहरु व्यापक रुपमा निर्वाध तस्करी भईरहेको हो ।
रुपन्देहीको रोहिणी गाउँपालिका भारत उत्तरप्रदेशको महराजगंजसँग जोडिएको छ । तस्करहरुले प्रहरी तथा ससस्त्र प्रहरीसंग सेटिङ मिलाएर तस्करी गरिरहेका छन् । एक व्यापारीका अनुसार त्यसरी तस्करीमा संलग्न रहेकाहरुले प्रहरी चौकी मैनीहवा, ईलाका प्रहरी कार्यालय धकधई, ससस्त्र प्रहरी कार्यालय बारवा, ससस्त्र प्रहरी कार्यालय डण्डामा समेत मोटो रकम बुझाएर प्रहरी प्रसासनलाई हातमा लिई तस्करी गरिरहेका छन् ।
तस्करीमा संलग्न हुनेहरुले प्रहरीलाई ५० हजार सम्म बुझाउनु पर्ने तस्करीमा संलग्न भएकाहरुले बताउने गरेका छन् ।