रुपन्देहीका उद्याेगी कसजू र पाैडेललाई चन्द्रलाेक प्रतिष्ठानकाे सम्मान

1.3K

रुपन्देहीका उद्याेगी कसजू र पाैडेललाई चन्द्रलाेक प्रतिष्ठानकाे सम्मान

रुपन्देहीका उद्याेगी व्यवसायी उज्ज्वलप्रसाद कसजू र नरिश्वर शर्मा पाैडेल सहित विचिन्न क्षेत्रमा याेगदान गरेका २५ जनालाई चन्द्रलाेक प्रतिष्ठानले सम्मान गरेकाे छ । प्रतिष्ठानकाे चाैथाे वार्षिकाेत्सवकाे अवसरमा शनिबार काठमाण्डाैमा आयाेजित सम्मान तथा विशेष सांस्कृतिक कार्यक्रममा नेपाल उद्याेग वाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत रहनु भएका बुटवल उद्याेग वाणिज्य संघका निवर्तमान अध्यक्ष, उद्याेगपति कसजू र संघका कार्यसमिति सदस्य बुटवल उपमहानगरपालिकाका वडा अध्यक्ष समेत रहनुभएका उद्याेगपति पाैडेललाई राष्ट्रिय सेवा सम्मान प्रदान गरिएकाे हाे ।
उहाँहरुलाई प्रतिनिधि सभा सदस्य, कानुन न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदी र संस्थाका अध्यक्ष सिताराम कार्कीले सम्मान गर्नुभएकाे हाे ।
त्यश अवसरमा प्रतिनिधि सभा सदस्य, कानुन न्याय तथा मानव अधिकार समितिकी सभापति सुवेदी, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गाेपाल राई, नेपाल पत्रकार महासंघका महासचिव राेषन पुरी सहित समाजकाे विकासमा विशिष्ट याेगदान पुर्याएका २५ जनालाई सम्मान गरिएकाे थियाे ।
कार्यक्रममा बाेल्दै प्रतिनिधि सभा सदस्य सुवेदीले समाज निराशाकाट अगाडि बढिरहेकाेमा गरिएकाे याे सम्मानले नयाँ उर्जा थपिएकाे बताउनु भयाे उहाँले जीवनकाे अन्तिम क्षणसम्म समाजसेवामै विताउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयाे ।
त्यस्तै सम्मानित उद्याेगी बुटवल उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष पाैडेलले सम्मानले आफूलाई समाजसेवामा थप हाैसला र उर्जा थपिएकाे बताउनु भयाे ।
कार्यक्रममा संस्थाका अध्यक्ष कार्कीले मुलुक र समाज विकासका क्रममा पुर्याएकाे याेगदानकाे कदर गर्दै प्रतिनिधि पात्रका रुपमा २५ जना उद्याेगी व्यवसायीसहित कलाकार समाजसेवीलाई सम्मान गरिएकाे बताउनु भयाे ।