आँगन सहकारीकाे अध्यक्षमा गाैतम

1.3K

आँगन सहकारीकाे अध्यक्षमा गाैतम

आँगन बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा राजिव गाैतम निर्वाचित हुनुभएकाे छ । बुटवलमा सञ्चालित उक्त संस्थाकाे शुक्रबार सम्पन्न १४ औं वार्षिक साधारण सभा तथा छैठाैं अधिवेशनले गाैतमकाे अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेकाे हाे ।
नवनिर्वाचित कार्यसमितिकाे उपाध्यक्षमा युवराज ढकाल, सचिवमा छमबहादुर (सुरेन्द्र) अधिकारी र काेषाध्यक्षमा नरदेव न्याैपाने रहनुभएकाे छ । त्यस्तै कार्यसमिति सदस्यहरुमा राजेन्द्र घिमिरे, कविन्द्र नेपाल, विष्णुप्रसाद गाैतम, खेमानन्द पाठक र लालबहादुर अधिकारीलाई चयन गरिएकाे छ ।
संस्थाकाे लेखासमितिकाे संयाेजकमा ध्रुवराज अर्याल तथा सदस्यहरुमा शाेभाखर काफ्ले र प्रकाशराज अर्याललाई चयन गरिएकाे छ । संस्थाका निवर्तमान अध्यक्ष यमप्रसाद तिवारी, डा. ओमप्रकाश अर्याल र गणेशचन्द्र पाेखरेललाई सल्लाहकार चयन गरिएकाे छ ।

त्यस अगाडि साधारण सभामा अध्यक्ष यमप्रसाद तिवारीले प्रस्तुत गरेकाे वार्षिक प्रतिवेदन, काेषाध्यक्ष ध्रुवराज अर्यालले प्रस्तुत गरेकाे आर्थिक तथा लेखासमितिकाे प्रतिवेदन पारित भएका छन् । साधारण सभामा असल बचतकर्ता अञ्जना नेपाल र कमलप्रसाद रेग्मी, असल ऋणी मन्दिरा बस्याल र टाेपलाल आचार्य तथा शेयर सदस्यका सन्तती मध्ये गत एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने गाैरीसुमन खनाल र सम्राट न्याैपानेलाई नगद सहित सम्मान गरिएकाे छ ।