कुस्मामा पर्वत र बुटवल उद्याेग वाणिज्य संघबिच भेटघाट

1.3K

कुस्मामा पर्वत र बुटवल उद्याेग वाणिज्य संघबिच भेटघाट

पर्वतकाे कुस्मामा बुटवल उद्याेग वाणिज्य संघ र पर्वत उद्याेग वाणिज्य संघबिच दुईपक्षिय भेटघाट भएकाे छ । भेटघाटमा दुई पक्षिय सम्वन्ध विस्तारमा छलफल भएकाे छ ।
रणनीतिक याेजना निर्माणकाे लागि कुस्मा पुगेकाे बुटवल उद्याेग वाणिज्य संघकाे टाेलीलाई स्वागत गर्दै पर्वत उद्याेग वाणिज्य संघका अध्यक्ष गाेपी अधिकारीले पर्वतकाे उद्याेग व्यवसायकाे बारेमा जानकारी गराउनु भयाे । उहाँले पछिल्लाे समय पर्वत शाहसिक पर्यटनकाे गन्तव्यकाे रुपमा विकास भएकाे बताउदै लप्सी, सुन्तला, अल्लाे, अदुवा, कफी उत्पादनमा राम्राे रहेकाे र खसीबाेकाजन्य मासुमा आत्मनिर्भर बनेकाे जानकारी गराउनु भयाे ।
उहाँले पर्वत उद्याेग वाणिज्य संघ र बुटवल उद्याेग वाणिज्य संघ बिच रहेकाे पुरानाे सम्वन्धलाई याे भेटघाटले पुनर्ताजकी गराएकाे र व्यापारका हिसावले बुटवल र पर्वत बिच अहिले पनि उत्तिकै सम्वन्ध रहिरहेकाे बताउनु भयाे । उहाँले काेराला नाका खुल्दा पर्वतलाई आयात निर्यातकाे ट्रान्जिक्ट पाेईन्टकाे रुपमा विकास गर्न सकिने र यसले खस्किदाे व्यापारलाई उठाउन मद्धत गर्ने विश्वास व्यक्त गर्नुभयाे ।
त्यस्तैगरी बुटवल उद्याेग वाणिज्य संघका अध्यक्ष हरीप्रसाद अर्यालले व्यापारका हिसावले बुटवल र पर्वतका बिचमा रहेकाे पुरानाे सम्बन्धलाई पनर्ताजकी गर्नसके दुबै क्षेत्रका उद्याेगी व्यवसायीलाई फाईदा पुग्ने बताउनु भयाे । उहाँले खस्किदाे व्यापारले देशभरका उद्याेगी व्यवसायी संकटमा परेकाे बताउदै व्यापार व्यवसायकाे प्रवर्द्धन र विकासकाे लागि सबै मिलेर अगाडि बढ्नुपर्नेमा जाेड दिनु भयाे ।
उहाँले बुटवल सहित समग्र रुपन्देहीकाे उद्याेग व्यापारकाे बारेमा जानकारी गराउदै उद्याेगी व्यवसायीका अधिकाँस समस्या साझा रहेकाले समस्या समाधानकाे लागि साझा प्रतिवद्धतामा जाेड दिनुभयाे ।
त्यस अवसरमा बुटवल उद्याेग वाणिज्य संघका निवर्तमा अध्यक्ष तथा नेपाल उद्याेग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले व्यवसायीका समस्या समाधानकाे लागि महासंघले प्रयास गरेकाे जानकारी गराउनु भयाे । उहाँले महासंघले सातवटै प्रदेशमा लगानी सम्मेलन गर्ने निर्णय गरेकाे र मेला महाेत्सव आयाेजना गर्ने जिल्ला नगर उद्याेग वाणिज्य संघलाई आर्थिक सहयाेग गर्ने विषयमा छलफल भईरहेकाे जानकारी गराउनु भयाे । त्यस्तै उद्याेगी व्यवसायीकाे प्राेटाेकलकाे समस्या एकाध महिना भित्रमा समाधान हुने विश्वास व्यक्त गर्नुभयाे ।
कार्यक्रममा बुटवल उद्याेग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा कर्मचारी र पर्वत उद्याेग वाणिज्य संघका पदाधिकारी सदस्य तथा पूर्वअध्यक्षहरुकाे सहभागिता रहेकाे थियाे ।