बजार विक्रि प्रतिनीधि संघमा पुनः भुसाल

1.3K

बजार विक्रि प्रतिनीधि संघमा पुनः भुसाल

नेपाल बजार विक्रि प्रतिनीधि संघ (नाम्स) लुम्बिनी इकाई कमिटिको अध्यक्षमा विश्वमणी भुसाल निर्वाचित हुनु भएको छ । संघको शनिबार सम्पन्न प्रथम अधिवेशनबाट पुनः भुसालको अध्यक्षतामा सर्वसम्मत १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
संघ स्वतन्त्र ट्रेड युनियनमा दर्ता भएको छ । र यो अधिवेशन स्वतन्त्र ट्रेड युनियनमा दर्ता भएपछि पहिलो अधिवेशन हो । अधिवेशनबाट कार्यसमितिको उपाध्यक्षमा जीवन घिमिरे, सचिवमा बाबुराम वेलवासे, कोषाध्यक्षमा राम भण्डारी र सहसचिवमा शिव ज्ञवालीलाई चयन गरिएको छ ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा चन्द्रकान्त आचार्य, मुक्तिप्रसाद भट्टराई, सुरज भट्टराई, गोविन्द ज्ञवाली, पृथ्वीराज नेपाललाई चयन गरिएको अधिवेशन समितिका संयोजक पदमप्रसाद भट्टराईले जानकारी गराउनु भयो ।
त्यस अवसरमा नाम्सका अधिवेशन समितिका संयोजक पदमप्रसाद भट्टराई, युवराज खनाल, बाबुराम भुसाल, हिमालय भुसाल, कृष्ण पराजुली, अर्जुन खत्री लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।