राेटरी क्लव अफ तिलाेत्तमा रुपन्देहीमा डिजि भिजिट भएकाे छ । साेमबार बुटवलमा क्लवकाे चाैथाे क्लव एसेम्ब्ली तथा नियमित बैठकमा डिजि राजेन्द्र ध्वजूकाे अफिसियल भिजिट भएकाे हाे ।
राेटरीका डिष्ट्रिक गभर्नर ध्वजूले क्लवमा भिजिट गर्दै डिष्ट्रिक मा १५४ क्लवमध्ये याेसँग १०१ क्लवमा भिजिट भईसकेकाे बताउनु भयाे । उहाँले क्लवमा डिजि भिजिट क्लवकाे हेल्थ चेकअफ पनि भएकाले यसले क्लवलाई चुस्त र स्फुर्त पनि बनाउने विश्वास व्यक्त गर्नुभयाे ।
उहाँले क्लकाे नियमित रिपाेर्टिङ र क्लवलाई डिष्ट्रिककाे लक्ष्य अनुसार गाईडलाईन गर्न एजीहरुलाई निर्देशन गर्नुभयाे । क्लवमा काम गर्ने तर रिपाेर्टिङ कमजाेर हुदा भएका काम पनि नदेखिने गरेकाे उहाँले बताउनु भयाे । उहाँले क्लवलाई ग्लाेवल ग्राण्ड गर्न आग्रह गर्नुभयाे । क्लवले ग्लाेवल ग्राण्ड अन्तरगत अटिजम बिद्यालय सञ्चालनकाे याेजना अगाडि सारेकाे छ । राेटरीकाे ग्लाेवल ग्राण्डमा हुनकाे लागि कम्तिमा ३० हजार डलरकाे कार्यक्रम हुनुपर्ने डिजि ध्वजूले बताउनु भयाे ।
टिमवर्कमा काम गर्न, पुर्वअध्यक्षहरुलाई सक्रियता बढाउन, क्वालिटी मेम्बर, सर्भिस प्राेजेक्ट, ग्लाेवल ग्राण्डस्मा उहाँले जाेड दिनुभयाे ।
त्यसअवसरमा क्लवका अध्यक्ष निरज श्रेष्ठ, इलेक्ट प्रसिडेन्ट देवीराम पाण्डे, सचिव शंकर पाण्डे सहित क्लव एड्मिस्ट्रेसन, पब्लिक रिलेशन, सर्भिस प्राेजेक्ट, मेम्बरशिप, फण्ड राईजिङ चियरले क्लवले हालसम्म गरेका कार्यक्रम र वार्षिक याेजनाका बाँकी रहेका कार्यक्रमकाे बारेमा जानकारी गराउनु भएकाे थियाे ।
कार्यक्रममा क्लवका एसाईन एजी कृष्णबहादुर रावलले राेटरीमा लागेर लिने भन्दा पनि समाजलाई केही दिनुपर्ने बताउदै क्लवले राम्रा काम गरेकाे र गरेका कामलाई लिपिवद्ध गर्न र रिपाेर्टिङलाई नियमित बनाउन सुझाव दिनुभयाे ।
त्यसअवसरमा क्लवका पूर्वअध्यक्षहरु एजी कृष्णप्रसाद शर्मा, पूर्व एजी बालकृष्ण अर्याल, नवीन श्रेष्ठ, गाेपाल ज्ञवाली, ओमप्रसाद अर्याल, विष्णुप्रसाद चापागाईले क्लवकाे स्थापनाकालदेखि अहिलेसम्मका कार्यक्रमका बारेमा जानकारी गराउदै सुरुवाती समयदेखि सामाजिक सेवामा राम्रा काम गरीरहेकाे बताउनु भयाे ।