बुटवलबाट २ हजार किलो भन्सार छली ल्याएको अवैध बैखी माछा बरामद गरिएको छ । ईलाका प्रहरी कार्यालय बुटवल र लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले मंगलबार बिहान भारतबाट भन्सार छली अवैध रुपमा ल्याएको बैखी जातको मरेको २ हजार किलो माछा बुटवल उपमहानगरपालिका वडा नं. ५ हाटबजार क्षेत्रबाट बरामद गर्नुको साथै दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले अवैध बैखी माछा ओसार पोसार गर्ने कपिलबस्तुको कपिलबस्तु नगरपालिका वडा नं.१ का २३ वर्षीय शिवकुमार यादब र बुद्धभूमी नगरपालिका वडा नं.२ का ३४ वर्षीय सजहार पखियालाई नियन्त्रणमा लिईआबश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय रुपन्देहीमा पठाईएको पनि प्रहरीले जानकारी गराएको छ ।