बुटवल जेसीजमा लाेम अफिसर तालिम हुदै

1.3K

बुटवल जेसीजमा लाेम अफिसर तालिम हुदै

बुटवल जेसीजमा मल्टीच्याप्टर लाेम अफिसर तालिम हुने भएकाे छ । बुटवल जेसीजकाे आयाेजनामा भाेली शनिबार उक्त तालिमकाे आयाेजना गरिएकाे हाे ।
तालिमका विश्वविद्यालयकाे पहिचान बनाएकाे बुटवल जेसीजले पदाधिकारी, पूर्वअध्यक्ष, सदस्यहरु तथा छिमेकी शाखालाई समेत समावेश गराउने गरी तालिमकाे आयाेजना गरिएकाे बुटवल जेसीजका अध्यक्ष विनाेद घिमिरेले बताउनु भयाे ।
जेसीजमा आफ्नाे कर्तव्य र दायित्व बाेध गराउनकाे लागि आयाेजना गरिएकाे तालिम एउटा राम्राे अवसर पनि भएकाे उहाँले बताउनु भयाे ।
तालिम एक दपनकाे हुनेछ । बुटवल जेसीजको सचिवालयमा बिहान ८ बजे देखि संचालन हुने तालिमम संगठनात्मक संरचना, जेसीजमा कर्तव्य र दायित्व लगायतका विषयमा प्रशिक्षण हुने महासचिव केशव श्रीसले जानकारी गराउनु भयाे ।