बुटवलमा नेपाली जुत्ता मेला हुने भएकाे छ । नेपाली जुत्ता घरले यहि फागुन १ देखि ३० गतेसम्म बुटवलमा नेपाली जुत्ता मेला गर्न लागेकाे हाे । बुटवलकाे मिलनचाेक स्थित डेल्टा कम्प्लेक्समा हुने नेपाली जुत्ता मेलाकाे बारेमा आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराईएकाे हाे ।
एक महिनासम्म सञ्चालन गरिने जुत्ता मेलामा नेपाली जुत्ता घरमा आवद्ध बिएफ डियरहिल, बिएफ स्पाेर्ट, टुरिष्ट, ब्लाकहर्स, शिखर, क्रस राेड, रन शुज, स्मार्ट शुज, शु-ल्याण्ड र फस्टवाक गरि १० वटा जुत्ता उद्याेगबाट उप्तादित पाँच हजार प्रकारका जुत्ता विक्रि गरीने नेपाली जुत्ता घरका अध्यक्ष हाेमनाथ उपाध्यायले जानकारी गराउनु भयाे ।
नेपाली जुत्ताकाे प्रवर्द्धनकाे लागि आयाेजना गरिएकाे जुत्ता मेलामा १५ देखि ५० प्रतिशतसम्म छुटकाे व्यवस्था मिलाईएकाे पनि उहाँले बताउनु भयाे ।
‘शुज फेस्टिवलमा आउँ, महाअफरमा रमाऔं’ भन्ने नारासहित आयाेजना गरिएकाे जुत्ता मेलामा जुत्ताकाे खरिदमा भारी छुट तथा गिफ्ट ह्याम्परकाे व्यवस्था गरिएकाे मेलाका संयाेजक चाेलाप्रसाद पाठकले बताउनु भयाे । उहाँका अनुसार जुत्ता मेलामा सांगितिक कार्यक्रम र म:म: फेस्टिवल समेत गरिने छ ।
नेपाली जुत्ता घरले हालसम्म देशका मुख्यमुख्य शहरमा ११ वटा शाे-रुम सञ्चालन गरेकाे जुता घर बुटवलका सदस्य उत्तम देवकाेटाले बताउनु भयाे । मेलाले नेपाली उद्याेगबाट उत्पादन भएका जुत्ताकाे प्रवर्द्धन र बजारीकरणमा सहयाेग पुग्ने डेल्टाका प्रतिनिधि तथा बुटवल उद्याेग वाणिज्य संघका कार्यसमिति सदस्य बालकृष्ण पाैडेलले बताउनु भयाे ।
नेपाली जुत्ता उद्याेगमा १७ अर्ब लगानी भएकाे छ । नेपाली जुत्ता घरका अध्यक्ष हाेमनाथ उपाध्यायका अनुसार नेपाली जुत्ता उद्याेगमा १७ अर्ब रुपैंया प्रत्यक्ष लगानी भएकाे हाे । जसकाे अहिले बार्षिक १६ कराेड जाेर जुत्ता उत्पादन गर्ने क्षेमता छ ।
नेपालमा जुत्ताकाे माग वार्षिक १० कराेड जाेर रहेकाे छ । जसमा साढे ६ कराेड जाेर जुत्ताकाे बजार नेपाली उत्पादनले ओगटेको छ । साढे तीन कराेड जाेर जुत्ता बाहिरबाट आयात हुने नेपाली जुत्ता घरका सदस्य चाेलाप्रसाद पाठकले जानकारी गराउनु भयाे ।