पाल्पाकाे मस्याममा जीप दुर्घटना : आठ जनाकाे मृत्यु

1.3K

पाल्पाकाे मस्याममा जीप दुर्घटना : आठ जनाकाे मृत्यु

पाल्पाकाे ग्रामिण सडक मस्याममा जीप दुर्घटना हुदा आठ जनाकाे मृत्यु भएकाे छ । तानसेन नगरपालिकाको डुम्रेबाट तिनाउ गाउँपालिकाको चिदिसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप डुम्रे र चिदिसकाे बिच मस्याममा दुर्घटना भएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार ८ जनाको शव फेला परेको छ । भित्री कच्ची सडकमा दुर्घटना भएको हो । जीप सडकभन्दा तल खसेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ।