कृषि मेलामा दुग्धपान प्रतियोगिता सम्पन्न

15

कृषि मेलामा दुग्धपान प्रतियोगिता सम्पन्न

राष्ट्रिय प्राङ्गारिक कृषि मेलामा आयोजना गरिएको दुग्धपान प्रतियोगितामा अरविन्द्र लिगल प्रथम हुनु भएको छ । मेलामा आईतबार आयोजना गरिएको प्रतियोगितामा २७ जनालाई पछिपार्दै लिगल प्रथम हुनु भएको हो । २८ जनाले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगितामा नारायण गैरे द्वितीय र जमुना पौडेल तृतीय हुनु भएको छ ।
प्रतियोगितामा विजयी प्रतियोगिलाई बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले पुरस्कार प्रदान गर्नुभयो । त्यस अवसरमा बोल्दै उहाँले यस्ता प्रतियोगिताले दुधको उपभोगलाई प्रवद्र्धन गर्ने विश्वास व्यक्त गर्नुभयो । अहिले किसानले उत्पादन गरेको दुधले बजार नपाईरहेको अवस्थामा दुधको विविधिकरण र त्यसको बजारीकरणमा स्वयम् किसान जोडिने हो भने त्यसले समस्याको समाधानको लागि बाटो पहिल्याउन सकिने भनाई राख्नुभयो । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुती पनि रहेको थियो ।