वडा अध्यक्षको सुविधाबाट दुईजना कर्मचारी : नागरिकलाई सुविधा

1.3K

वडा अध्यक्षको सुविधाबाट दुईजना कर्मचारी : नागरिकलाई सुविधा

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ मा वडा अध्यक्ष गणेशप्रसाद पाठकले आफूले पाउने सुविधाबाट वडामा दुईजना कर्मचारी राखेर नागरिकलाई थप सुविधा प्रदान गर्दै आउनु भएको छ ।
आफू वडा अध्यक्षमा निर्वाचित भए लगत्तै वडा बासी नागरिकको सेवालाई ध्यान दिएर निःशुल्क लेखापढी, पञ्किरणको लागि निःशुल्क अनलाईन, निःशुल्क फोटोकपी तथा अपाङ्गता भएका र असक्त जेष्ठ नागरिकलाई घरदैलोमै सेवा पुर्याउनको लागि आफूले पाउने सुविधाबाट दुईजना कर्मचारी राखेर वडाबाट पाउने सेवाको अतिरिक्त सुविधा प्रदान गरिएको वडा अध्यक्ष पाठकले बताउनु भयो ।
यसले आफूहरुलाई धेरै सहज भएको सेवाग्राहीले बताएका छन् । अपाङ्गता भएका तथा असक्त जेष्ठ नागरिकलाई वडामा आउने समस्या हुँदा ती कर्मचारीलाई घरमै परिचालन गरिन्छ । त्यस्तै वडामा नआईनहुने वाध्यता भएका त्यस्ता नागरिकलाई ती कर्मचारीले नै वडामा ल्याउने र सेवा प्रदान गरेपछि घरसम्म पुर्याउने गरेका छन् ।

त्यस्तै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागि पनि वडा सदस्यहरु सहित ति कर्मचारीलाई घरदैलोमै परिचालन गर्ने गरिएको वडा अध्यक्ष पाठकले जानकारी गराउनु भयो । सामाजिक सुरक्षा भत्ताको लागि भदौ मसान्त भित्र नविकरण गरिसक्नु पर्ने व्यवस्था अनुसार सो समयभित्रै एक पटक घरदैलोमा कर्मचारीलाई पठाईने उहाँले बताउनु भयो ।
यो वडा अध्यक्षको नौलो अभ्यास हो । यसले जनप्रतिनीधि नागरिकका सेवक हुन् भन्ने उदाहरण प्रस्तुत गरेको छ । वडा अध्यक्षको यो कार्यप्रति वडाबासी खुसी छन् । उहाँले आफूले नगरपालिकाबाट आफूले पाउने सुविधा वापतको पैसा अहिले सम्म आफूले प्रयोग गर्नुभएको छ । नगरपालिकाले दिने सुविधा छुट्टै खातामा आउने व्यवस्था मिलाउनु भएको छ । प्रत्येक महिना दुई जना कर्मचारीलाई चेकमार्फत त्यहि खाताको पैसा भुक्तानी गर्नुहुन्छ । अन्त्यमा बाँकी रहेको पैसा छुट्टै कुनै कोष बनाएर छोड्ने पनि उहाँले बताउनु भयो ।