पक्षघातका विरामी हिमालयको उपचारमा मदाने गाउँपालिका अध्यक्ष कुवरको सहयोग

175

पक्षघातका विरामी हिमालयको उपचारमा मदाने गाउँपालिका अध्यक्ष कुवरको सहयोग

गुल्मीको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुवरले पक्षघातको उपचार गराईरहेका वडा नं. १ अग्लुङ पैयापाटाका हिमालय बोहोराको उपचारको लागि आर्थिक सहयोग गर्नुभएको छ । बुटवल कालिकानगर ओम अस्पतालमा उपचारमा रहेका बोहोरालाई अध्यक्ष कुवरले आफूले गाउँपालिकाबाट पाउने सुविधा वापतको रकमबाट २० हजार रुपैंया प्रदान गर्नुभएको हो ।
नेपाली काँग्रेस मदानका सभापति समेत रहनु भएका अध्यक्ष कुवरले गाउँपालिकाबाट प्राप्त गर्ने सेवा सुविधाको रकम छुट्टै खाता सञ्चालन गरि पार्टी समितिको निर्णयमा वितरण गर्दै आउनु भएको छ । लामो समयदेखि पक्षघातका बिरामी बोहोरालाई पनि पार्टी समितिको निर्णयमा २० हजार रुपैंया सहयोग प्रदान गरिएको हो ।
निम्नवर्गीय परिवारका हिमालय बोहोराकी श्रीमती ४१ वर्षीय मीनालाई पनि शरीरको दायाँभागमा पक्षघातको समस्या छ भने १७ वर्षीय छोरालाई पनि हर्नियाले ग्रसित छन् । उनीहरुको उपचारको लागि आफूसक्दो सहयोग गर्न पनि उहाँले सहयोगी हातहरुलाई आग्रह गर्नुभएको छ । उहाँले कृषि विकास बैंकमा हिमालय चन्दको नाममा रहेको खाता नं. ०४२५४०१२९८०७२०१५ सहयोग गर्नको लागि आग्रह गर्नुभएको हो ।