अर्थतन्त्रका सूचक सकारात्मक देखिएपनि दवावमुक्त भईसकेको छैन : प्रधानमन्त्री दाहाल

15

अर्थतन्त्रका सूचक सकारात्मक देखिएपनि दवावमुक्त भईसकेको छैन : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्नुभएको छ । लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संघीय निजामती सेवा विधेयक भोली आईतबार प्रतिनीधि सभामा दर्ता हुने सम्भावना रहेको जानकारी गराउनु भयो ।
उहाँले संघीयता कार्यान्वयन गर्न आवश्यक ऐन कानुन निर्माणलाई उच्च प्राथमिकता दिएको बताउँदै संघीय निजामती ऐन सम्भवतः भोली नै प्रतिनीधि सभामा दर्ता हुने र प्रहरी ऐन यहि अधिवेशनमा प्रस्तुत गर्ने तयारी रहेको बताउनु भयो ।
उहाँले अर्थतन्त्रका सूचक सकारात्मक देखिएपनि दवावमुक्त भने नभईसकेको बताउनु भयो ।