देशभर वर्षा र हिमपातको सम्भावना

27

देशभर वर्षा र हिमपातको सम्भावना

आज देशभर वर्षा र हिमपातको सम्भावना देखिएको छ भने भोली सोमबार पनि केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौषम पुर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशैभर मौसम बदली भएको छ । लुम्बिनी, गण्डकी, वागमती र कर्णाली प्रदेशका केही ठाउँमा बिहानैदेखि हल्का वर्षा भईरहेको छ । त्यस्तै सोउँसो पनि लुम्बिनी, सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती तथा कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै बाँकी भू–भागको केही स्थानहरूमा हल्का वर्षाको सम्भावना छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । महाशाखाका अनुसार पश्चिम नेपालका हिमाली र उच्च पहाडी क्षेत्रमा शनिबारदेखि नै वर्षा र हिमपात भइरहेको छ ।