भत्कियो सत्ता गठबन्धन : एमाले नेतृतवमा माओवादी सहितको नयाँ गठबन्धन

1.3K

भत्कियो सत्ता गठबन्धन : एमाले नेतृतवमा माओवादी सहितको नयाँ गठबन्धन

माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा बनेको संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस सहितका दलहरुसंगको सत्ता गठबन्धन भत्किएको छ । संसदको दोस्रो ठूलो दल एमाले र माओवादी विच सत्ता गठबन्धन गर्ने सहमति जुटेसंगै काँग्रेस सहितका दलसंगको सत्ता गठबन्धन भत्किएको हो ।
प्रधानमन्त्री दाहालले काँग्रेस सहितका सत्ता गठबन्धनसंगको गठबन्धन भत्काउँदै एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी बिचमा नयाँ सत्ता गठबन्धन बनाउन लाग्नु भएको छ ।
गत वर्ष १० पुसमा बनेकै गठबन्धन एमाले, माओवादी, रास्वपा, जसपा र राप्रपाविचको गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बनाउन लागिएको छ । एमाले सचिवालय बैठकले पनि नयाँ सत्ता गठबन्धन आजै अगाडि बढाउने पदम गिरीलाई सरकारमा निर्णय गरेको छ । त्यस्तै रास्वपाले पनि त्यस सम्बन्धि निर्णय लिन सभापति रवि लामिछानेलाई जिम्मेवारी दिईसकेको छ । प्रधानमन्त्री दाहालले आजै नयाँ मन्त्रीपरिषद पुनःगठन गर्ने तयारी गर्नुभएको छ ।