तीन मन्त्रीले लिए शपथ

65

तीन मन्त्रीले लिए शपथ

सरकारमा सत्ता गठबन्धन बदलिएपछि तीन  मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रभननमन्त्री पुष्पकमल दाहालकाे सिफारिसमा सोमबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याललाई पद तथा गोपनीयताकाे शपथ गराउनु भएकाे हाे ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमतिसंगै जसपाबाहेकका दलबाट प्रधानमन्त्री दाहालले एक एक जना सहभागी मन्त्रिपरिषद गठन गर्नुभएकाे हाे ।