प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिवलकाे उपाधि एपिएफलाई

1.3K

प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिवलकाे उपाधि एपिएफलाई

प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिवल प्रतियाेगिताकाे उपाधि विभागीय एपिएफ क्लवले हात पारेकाे छ । पाल्पाको रामपुरमा बुधबार भएकाे फाईनल खेलमा दुई सेटमा बागमती प्रदेशलाई राेक्दै उपाधि विभागीय एपिएफले हात पारेकाे हाे ।
लगातार दुई खेल जितेकाे वागमतिसंग दवावमा परेकाे एपिएफले त्यसपछिका तीन खेलमा जित निकालेर उपाधि जितेकाे हाे । प्रतियाेगितामा उपाधि विजेता एपिएफले शिल्ड मेडल सहित २ लाख ५० हजार रुपैया नगद पुरस्कार प्राप्त गरेकाे छ ।
प्रतियाेगितामा फाईनलमा हारेका वागमति प्रदेश दाेस्राे स्थानमा समेटिएकाे छ । प्रतियाेगितामा दाेस्राे स्थानमा समेटिएकाे वागमति प्रदेशले शिल्ड मेडल सहित १ लाख ५० हजार रुपैया नगद पुरस्कार प्राप्त गरेकाे छ ।

फाईनलमा प्रतिस्पर्धा गरेकाे विभागीय एपिएफले सेमिफाईनलमा काेशी प्रदेश र बागमति प्रदेशले लुम्बिनी प्रदेशलाई राेक्दै फाईनलमा प्रतिस्पर्धा गरेका हुन् ।
विजयी टिमलाई लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती, लुम्बिनी प्रदेश सभा सदस्य राजु श्रेष्ठ, लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव जयप्रकाश भट्टराई, रामपुर नगरपालिकाका नगरप्रमुख रमण थापा, जिल्ला खेलकुद विकास समिति पाल्पा दीपक घिमिरे, रामपुर नगरपालिकाकी उपप्रमुख बालकुमारी थापा, जिल्ला भलिवल संघ पाल्पाका अध्यक्ष राजु गुरुङले पुरस्कार प्रदान गर्नु भएकाे हाे ।
जिल्ला खेलकुद विकास समिति पाल्पाकाे समन्वय र जिल्ला भलिवल संघ पाल्पाकाे आयाेजनामा भएकाे प्रतियाेगितामा लुम्बिनी प्रदेश तृतीय भएकाे छ । तेस्राे स्थानकाे लागि बुधबार नै भएकाे प्रतिस्पर्भामा साेझाे सेटमा काेशी प्रदेशलाई राेक्दै लुम्बिनी तृतीय भएकाे हाे ।

प्रतियाेगितामा तृतीय भएकाे लुम्बिनी प्रदेश र चाैथाे भएकाे काेशी प्रदेशलाई शिल्ड र मेडल सहित क्रमशलाई ७५ हजार र ३५ हजार रुपैया नगर पुरस्कार प्रदान गरिएकाे छ ।
प्रतियाेगितामा एपिएफकी सरस्वती चाैधरी वेष्ट प्लेयर, एपिएफकै निरुता ठगुन्ना वेष्ट सर्भर, वागमतीकी प्रगती नाठ वेष्ट सेटर, वागमतीकै सलिना श्रेष्ठ वेष्ट डिफेन्डर,
वागमतीकै सुमित्रा रेग्मी वेष्ट व्लकर, लुम्बिनीकी मिना सुनार वेष्ट स्पाईकर र एपिएफका महेश चाैधरी उत्कृष्ट काेच भए ।
यहि फागुन १८ देखि सुरु भएकाे प्रतियाेगितामा सातवटै प्रदेश र विभागिय एपिएफ क्लव सहित ८ वटा टिमले प्रतिस्पर्धा गरेका थिए ।