रुपन्देहीको देवदहमा दोस्रो गौतम बुद्ध वादरियो अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगिता शुरु भएको छ । देवदह कराँते डो एकेडेमीको आयोजनामा सुरु भएकाे प्रतियाेगिताकाे देवदह नगरपालिकाका नगरप्रमुख ध्रुवप्रसाद खरेलले उद्घाटन गर्नुभयाे ।
प्रतियोगितामा नेपाल सहित भारत, श्रीलंका, पाकिस्तान र बाङ्लादेशका ३ सय कराते खेलाडी सहभागि रहेकाे प्रतियाेगिताका संयाेजक मोहन जिसीले जानकारी गराउनु भयाे ।
प्रतियाेगिताकाे उद्घाटन गर्दै नगरप्रमुख खरेलले ऐतिहासिक, पर्यटकीय नगर देवदहलाई खेल पर्यटनकाे समेत गन्तव्य बनाउने गरि नगरपालिकाले काम गरिरहेकाे बताउनु भयाे । उहाँले खेललाई देश र स्वास्थ्यसंगै खेलकुदकाे व्यवसायिक विकासमा जाेड दिनुभयाे ।

प्रतियाेगिताकाे उद्घाटन कार्यक्रममा मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष ध्रुब आचार्य, माओवादी केन्द्रका निर्मल जिसी, नेपाल वादरियो कराँते डो संघका अध्यक्ष, प्रमुख प्रशिक्षक तथा नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसी, कराँते प्रशिक्षक माधवप्रसाद घिमिरे, गणेश पौडेल लगाएतले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताले यस क्षेत्रको खेलकुद विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयाे ।